रोटरी क्लब अफ पोखरा न्यूरोडको पदस्थापन समारोह सम्पन्न

Source of Article: https://newsofnepal.com/2021/07/17/421396/?fbclid=IwAR0dap0g0XC8EpBSaZG1oyFxv4A43X9Bwy73c5PBT25QQQIZJybbFmq3zbU

रोटरी क्लब अफ पोखरा न्यूरोडको १२औं पदस्थापन समारोह सम्पन्न भएको छ ।

शुक्रवार एक समारोहका विच बर्ष २०२१र०२२ का क्लब अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराईएको क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक दिनेशचन्द्र बास्तोलाले जानकारी दिनु भयो । उहाँका अनुसार पदस्थापन अधिकृत एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर ईलेक्ट जितेन्द्र बहादुर राजभण्डारीले क्लब अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापित गराउनु भएको थियो ।

पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति शर्माले बर्ष २०२१र०२२ अध्यक्ष सुवर्ण कोईरालालाई रोटरी ग्राभेल तथा ह्याम्मर हस्तान्तरण गर्दै पदस्थापन गराईएको थियो । शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष सहितको नयाँ टिमलाई सफल कार्यकालको कामना सहित निरन्तर सहयोग रहने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको थियो ।

सो अवसरमा क्लबको प्रोजेक्ट पार्टनरको रूपमा रहेको बाबा फ़ाउण्डेशन नेपाललाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर ईलेक्ट जितेन्द्र बहादुर राजभण्डारीले फ़ाउण्डेशनका सचिव टंकराज अधिकारीलाई सम्मान(पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

पदस्थापनसँगै अध्यक्ष कोईरालालाई पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट गभर्नर ईलेक़्ट राजभण्डारीले शपथ गराउनु भएको थियो भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष कोईरालाले नै शपथ गराउनु भयो ।

शपथ ग्रहणपछि अध्यक्ष कोईरालाले आफूलाई थप जिम्मेवारी महसुस भएको बताउदै क्लबले गरेका कार्यलाई निरन्तरता दिँदै कोभिड–१९ ले निम्ताएको संकटलाई चूनौतीका रुपमा सामना गर्दै चुनौतीका बिचबाट अवसरको पहिचान गरी क्लबमा एउटा ईटा भए पनि थप गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो । उहाँले क्लबको इतिहास, अग्रजले सिकाएको पाठ र अगाडिका योजनाहरुलाई आत्मसाथ गर्दै क्लबको प्रतिष्ठासँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै यस कार्यकाललाई स्वर्णिम कार्यकाल बनाउने प्रयासमा रहने बताउनु भयो ।

प्रमुख अतिथि गभर्नर ईलेक्ट राजभण्डारीले नेपालमा रोटरीको आवश्यकता र महत्व बढ्दै गएको बताउँदै थप जिम्मेवार भएर अघि बढ्न सुझाव दिनु भयो । उहाँले रोटरीयन सधैं समाजका सारथी हुन्, अहिले विश्वमा देखिएको संकटले रोटरीलाई थप जिम्मेवार बनाएको छ । सामाजिक क्रियाकलापलाई तिव्रता दिनका लागि रोटरीयनहरू सक्रिय भएर लाग्न आह्वान गर्नु भयो ।

विशिष्ठ अतिथि निवर्तमान डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले पदस्थापित अध्यक्षलाई बधाई दिदै सफल कार्यकालको लागि शुभकामना प्रदान गर्नुभयो । उहाँले रोटरी क्लबले गरेको सामाजिक कामको प्रशंसा गर्दै सामाजिक सेवामा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो । रोटरी क्लब अफ पोखरा न्यूरोडले समाजमा पुर्याएको योग्दानको प्रसंसा गर्दै सामाजिक क्षेत्रमा हुने गतिविधिमा सदैव साथ, सहयोग रहने बताउनु भयो ।

पदस्थापन समारोहमा डिष्ट्रिक्ट गभर्नर नोमिनी राजेन्द्र प्रसाद ध्वजु, क्लबका संस्थापक अध्यक्ष रविराज बराल लगाएतले आफ्ना भनाइहरु राख्दै अध्यक्ष लगाएत पदाधिकारीलाई सफल कार्यकालको शुभेच्छा राख्नु भएको थियो ।

अध्यक्ष सुवर्णप्रसाद कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट गिता सिग्देल, प्रेसिडेन्ट नोमिनी रामबिक्रम अधिकारी, भाईस प्रेसिडेन्ट दीपेन्द्र शर्मा, सचिव अमृतप्रसाद बास्तोला लगाएतले क्लबका गतिबिधी बारे प्रकाश पार्नु भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *